E-Paperदेशराजनीतिशीर्ष समाचारस्थानीय समाचार
भोलि कांग्रेसको बैठक बजेट र समसामयिक विषयमा छलफल

काठमाडौं — सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि शनिबार (जेठ ३ गते) बस्ने भएको छ। कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार बैठक दिउँसो २ः०० बजे सङ्घीय संसद् भवन, नयाँबानेश्वरमा बस्नेछ।
बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे विस्तृत छलफल हुने र समसामयिक राजनीतिक विषयमा समेत विचार–विमर्श हुने घिमिरेले जानकारी दिए। संसदीय दलको बैठक आगामी नीति तथा कार्यक्रम र बजेट निर्माण प्रक्रियामा पार्टीको साझा धारणा बनाउन केन्द्रित रहने बताइएको छ।