E-Paperदेशधर्मशीर्ष समाचारस्थानीय समाचार

पण्डित गणेश पन्तद्वारा भेदभावरहित पूजा-पाठ सेवा विदेशसम्म दिईने

कञ्चनपुर : श्रीबनारसीधाम विश्वनाथका पीठाधीश्वर, पञ्चाङ्गकार तथा ज्योतिषाचार्य पण्डित गणेश प्रसाद पन्त नेपालभरिका साथै छिमेकी मुलुक भारतसम्म जातीय, वर्गीय वा धार्मिक भेदभाव नगरी सबैका लागि समान रूपमा धार्मिक सेवा प्रदान गर्दै आएका छन्। जन्मदेखि मृत्युसम्म गरिने सम्पूर्ण धार्मिक कर्म–काण्ड, पूजा, पाठ, श्राद्ध, नामकरण, व्रतबन्ध, विवाह,गृह प्रवेश, मुण्डन, तर्पण, शान्ति पाठ लगायतका कार्यक्रमहरूमा उहाँको विशेष अनुभव र सेवा उपलब्ध छ।

पण्डित पन्तले भन्नुभयो,हामी सबै जातजाति, वर्ग र समुदायका लागि समान भावनाले सेवा दिन्छौं। भात–भान्सा चलाएको छु, जो कोही का घरमा गएर पनि सेवा दिन तयार छु। सेवा आवश्यक परेमा तुरुन्तै सम्पर्क गर्न सकिने उहाँको मोबाइल नम्बर ९८६०२७८१०० (9860278100) हो।

उहाँको सेवा नेपालका सबै प्रदेशहरूमा विशेषगरी सुदूरपश्चिममा सक्रिय रूपमा उपलब्ध छ भने आवश्यकताको आधारमा भारत तथा अन्य देशहरूमा पनि सेवा विस्तार गरिनेछ।

धार्मिक संस्कार, परम्परा र समावेशी भावनाका साथ सेवा प्रदान गर्दै आउनुभएका पण्डित पन्तमार्फत श्रद्धालुहरूले सुलभ, भेदभावरहित र अनुभवी धार्मिक सेवा पाउने विश्वास लिइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!