E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार
राष्ट्र बैंक गभर्नर डा. पौडेलको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं – नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्ति खारेज माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। पौडेल नियुक्तिको दोस्रो दिनमै मंगलबार दर्ता गरिएको रिटमा बुधबारका लागि पेसी तोकिएको छ।
रिटकर्ता अधिवक्ता अनन्त लुइँटेलका अनुसार, उक्त रिटमा गभर्नर नियुक्ति प्रक्रिया म्याच फिक्सिङ शैलीमा गरिएको आरोप लगाइएको छ। साथै राष्ट्र बैंक ऐनअनुसार आवश्यक शैक्षिक योग्यताको मापदण्ड डा. पौडेलले पूरा नगरेको दाबी गरिएको छ।
संवेदनशील निकायमा प्रक्रिया मिच्दै गरिएको नियुक्ति र योग्यता अभावको कारण देखाउँदै गभर्नरको जिम्मेवारीमा पौडेललाई नराख्न अन्तरिम आदेशको मागसमेत रिटमा गरिएको छ।
डा. पौडेल जेठ ६ गते गभर्नरमा नियुक्त भएका थिए।