E-Paperशीर्ष समाचारसंसार

ओडिसास्थित केआईआईटी कलेजमा फेरि एक नेपाली विद्यार्थी मृत फेला

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत एक नेपाली विद्यार्थी मृत फेला परेकी छिन्। वीरगंज घर भएकी स्नातक तह प्रथम वर्षकी प्रिसा साह होस्टलको चौथो तलामा रहेको कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेकी हुन्।

अर्का एक नेपाली विद्यार्थीका अनुसार परीक्षा तयारीको क्रममा होस्टलमै रहेकी प्रिसालाई साथीहरुले कोठाभित्र झुण्डिएको अवस्थामा फेला पारेका थिए। अहिले कलेजमा प्रथम वर्षको परीक्षा चलिरहेको छ।

घटनाबारे जानकारी पाएपछि प्रहरी घटनास्थलमा पुगेर मुचुल्का उठाएको र शवलाई परीक्षणका लागि लगिएको बताइएको छ। कलेज प्रशासनले घटनापछि होस्टलका अन्य विद्यार्थीलाई बाहिर ननिस्कन निर्देशन दिएको विद्यार्थीहरुले जनाएका छन्।

यो घटनाले केआईआईटीमा नेपाली विद्यार्थीको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। उल्लेखनीय छ, यही कलेजमा गत फागुनमा पनि प्रकृति लम्साल नामकी २० वर्षीया नेपाली विद्यार्थी होस्टलकै चौथो तलामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।

दुई महिनाको अन्तरालमा सोही होस्टल र तहका दुई नेपाली विद्यार्थीको यस्ता घटना सार्वजनिक भएपछि अभिभावक तथा नेपाली समुदायमा चासो र चिन्ता बढेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!