E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार
भेरीगंगामा डम्पिङ साइट नजिकै पानीमा डुबेको अवस्थामा युवतीको शव फेला

सुर्खेत — भेरीगंगा नगरपालिका–१२ स्थित डम्पिङ साइट नजिकै पानीमा डुबेको अवस्थामा एक युवतीको शव फेला परेको छ। युवतीको परिचय हालसम्म खुल्न सकेको छैन।
शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार घटनास्थलमा प्रहरी टोली पुगेर प्रारम्भिक अनुसन्धान थालेको छ।
प्रहरी स्रोतका अनुसार युवतीको शरिरमा चोटपटकका चिन्ह देखिएको र शवको अवस्था हेर्दा हत्या गरिएको हुन सक्ने आशंका गरिएको छ। घटनाको कारण र दोषीको पहिचान खुलाउन अनुसन्धान तीव्र बनाइएको प्रहरीले जनाएको छ।