E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

पूर्वसभामुखमाथि बलात्कार आरोप लगाएकी रोशनी शाही मृत फेला

भक्तपुर — पूर्वसभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लगाउँदै सार्वजनिक भएकी रोशनी शाही आइतबार मृत अवस्थामा फेला परेकी छन्। भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटस्थित डेरामा उनी झुन्डिएको अवस्थामा भेटिएकी हुन्।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार शाही बस्दै आएको कोठामा भित्रबाट चुकुल लगाइएको थियो। घटनास्थलबाट एक सुसाइड नोट समेत बरामद भएको प्रहरीले जनाएको छ। विस्तृत अनुसन्धान भने जारी रहेको बताइएको छ।

२०७६ सालमा रोशनीले तत्कालीन सभामुख महरामाथि बलात्कारको आरोप लगाउँदै सार्वजनिक भएपछि घटनाले ठूलो राजनीतिक तरंग ल्याएको थियो। उनले महराले मादक पदार्थ सेवन गरेर कोठामा आएर जबर्जस्ती गर्न खोजेको आरोप लगाएकी थिइन्।

घटनापछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए र केही समय जेलसमेत बसेका थिए। तर, अदालतमा रोशनीले आफ्नो बयान फेरेपछि महरा सफाइ पाउँदै रिहा भएका थिए।

प्रहरीका अनुसार शाहीका छोराछोरी विदेशमा छन् भने श्रीमान उपत्यका बाहिर कामको सिलसिलामा गएका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!