E-Paperअपराधदेशशीर्ष समाचारस्थानीय समाचार
मोरङ सुनवर्षीबाट ३०० किलो गाँजा बरामद कारोबारी फरार

मोरङको सुनवर्षी नगरपालिका–७ स्थित बक्रा खोला किनारबाट प्रहरीले ३०० किलो गाँजा बरामद गरेको छ। बुधबार बिहान करिब ३ बजे गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेली, प्रहरी चौकी सिक्टी र बरडंगाबाट खटिएको टोलीले गाँजा बरामद गरेको हो।
गाँजा ७ बोरामा प्याक गरिएको अवस्थामा भेटिएको मोरङ प्रहरी प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिए। प्रहरीलाई देखेपछि गाँजा ओसारपसारमा संलग्न व्यापारी भागेका थिए। हाल फरार व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।