E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

दैलेखमा चट्टयाङ लागेर एक जनाको मृत्यु चार जना घाइते

दैलेख – चट्टयाङ लागेर दैलेखको नौमुले गाउँपालिका–८ चौराठा लामपाटाका ३१ वर्षीय दशरथ शाहीको मृत्यु भएको छ।

शनिबार दिउँसो ३ बजे घरमै बसिरहेका बेला अचानक परेको चट्टयाङले शाही गम्भीर घाइते भएका थिए। उपचारका लागि दैलेख अस्पताल ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिनुभयो।

चट्टयाङ लाग्दा शाहीको परिवारका अन्य सदस्यहरू पनि घाइते भएका छन्। उहाँकी श्रीमती २७ वर्षीया विपना शाही, ११ वर्षीया छोरी र ३ वर्षीय छोरा घाइते भएको र उनीहरूको दैलेख अस्पतालमा उपचारपछि घर फर्किसकेको वडाध्यक्ष दीपकबहादुर हमालले बताउनुभयो।

दशरथ शाहीको शव अहिले पोष्टमार्टमका लागि दैलेख अस्पतालमै राखिएको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!