E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

जनकपुर–कुर्था सडकमा टेम्पो र ट्याक्टर ठोक्किँदा दुई गम्भीर घाइते

महोत्तरी — जनकपुरधामदेखि महोत्तरी जिल्लाको कुर्था जाने पिडारी–कुर्था सडक खण्डमा सोमबार साँझ भएको सवारी दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन्।

जनकपुरधाम–२१ कुर्थाका एक टेम्पो चालकसहित दुई जना गम्भीर घाइते भएको जनाइएको छ। प्रत्यक्षदर्शी र यात्रुहरूको अनुसार पिडारीबाट पश्चिम तर्फ जाँदै गरेको ज.१.त. ३३१५ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आइरहेको टेम्पोलाई ठक्कर दिएको थियो।

दुर्घटनापछि प्रहरी टोली घटनास्थल पुगेको थियो भने घाइतेहरूको तत्काल उद्धार गरी प्रादेशिक अस्पताल, जनकपुरधाममा उपचारका लागि लगिएको छ। घटनापछि ट्रयाक्टर चालक भने सवारीसहित फरार भएको प्रहरीले जनाएको छ।

हाल जिल्ला प्रहरी कार्यालय जनकपुरधामले ट्रयाक्टर र चालकको खोजी गर्दै अनुसन्धान सुरु गरेको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!