E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार
डडेल्धुरामा जिप २५० मिटर तल खस्दा दुई जना घाइते

डडेल्धुरा — डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ चामाचौडमा मंगलबार साँझ जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। से १ ज ७३८ नम्बरको जिप सदरमुकामबाट यात्रु छोडेर बिजयसैनीबाट घर फर्किने क्रममा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार, दुर्घटनामा परेर नवदुर्गा–५ चौडका ३५ वर्षीय चालक रामबहादुर साउद र जिपमा सवार कणेलीका २७ वर्षीय भरत विक घाइते भएका छन्। प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार जिप सडकबाट करिब २५० मिटर तल खसेको हो।
घाइते दुवै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार उनीहरूको अवस्था अहिले मध्यम रहेको छ। दुर्घटनाको कारण भने अनुसन्धान भइरहेको जनाइएको छ।
यस क्षेत्रको सडक अप्ठ्यारो र जोखिमपूर्ण भएकाले यस्ता दुर्घटना समयसमयमा हुने गरेको स्थानीयले बताएका छन्।