E-Paperशीर्ष समाचारसंसार

उत्तराखण्डमा हेलिकप्टर दुर्घटना पाँचको मृत्यु दुई गम्भीर घाइते

भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लाको गंगनाई नजिकै बिहीबार बिहान एक निजी कम्पनीको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ। भारतीय प्रहरीले दिएको जानकारी अनुसार सो दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

गढवाल डिभिजनल कमिश्नर विनय शंकर पाण्डेले घटनाको पुष्टि गरेका छन्। उनका अनुसार दुर्घटनापछि उद्धार टोली र प्रशासनिक अधिकारीहरू तुरुन्तै घटनास्थलमा पुगेका छन् र घाइतेहरूको उपचारका लागि तत्काल पहल गरिएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!