E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

दाङबाट खबाङतर्फ जाँदै गरेको जीप दुर्घटना केही यात्रु गम्भीर घाइते

प्युठान – दाङबाट प्युठानको नौबहिनी–४ खबाङतर्फ आउँदै गरेको लु १ ज ४१६५ नम्बरको जीप आज खबाङ बेसी नजिक दुर्घटना भएको छ। १२ जना यात्रु सवार रहेको उक्त जीपमा दुर्घटनापछि केही यात्रु गम्भीर घाइते भएका छन्।

वडा अध्यक्ष भीम बहादुर घर्तीलाई उद्धृत गर्दै पत्रकार महेश थापाले जानकारी दिएका अनुसार घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा लगिएको छ। जीप अनियन्त्रित भई सडकबाट तल खसेको प्रारम्भिक अनुमान गरिएको छ।

घटनास्थलमा स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरू मिलेर उद्धार कार्य जारी राखिएको छ। घाइतेहरूको अवस्था गम्भीर रहेको र थप विवरण आउन बाँकी रहेको बताइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!