E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

डोटीमा चट्याङ लाग्दा एक महिलाको मृत्यु, स्वास्थ्यकर्मी गम्भीर घाइते

डोटीको पूर्वीचौकी गाउँपालिका–२ वाडीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ भने एक महिला स्वास्थ्यकर्मी गम्भीर घाइते भएकी छन्।

मृत्यु हुनेमा सोही स्थानकी ४० वर्षीया देउमती साउँद रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ। सोमबार साँझ साढे ५ बजेतिर उनी आफ्नै घरको झ्यालमा बसिरहेकी बेला अचानक चट्याङ लाग्दा गम्भीर घाइते भएकी थिइन्। तत्कालै जिल्ला अस्पताल डोटी पुर्‍याइएकी साउँदलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

सोही घटनामा परेर वाडीस्थित बगलेक स्वास्थ्य चौकीमा कार्यरत ३६ वर्षीया अनमी अस्मिता ओली विष्ट गम्भीर घाइते भएकी छन्। उनलाई प्राथमिक उपचारपछि थप उपचारका लागि कैलालीको धनगढी पठाइएको डोटी प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!