E-Paperदेशराजनीतिशीर्ष समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीले सुमना श्रेष्ठको राजीनामा स्वीकृत गर्‍यो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमहामन्त्री सुमना श्रेष्ठको राजीनामा स्वीकृत गरेको छ। आइतबार दिउँसो बसेको केन्द्रीय समिति बैठकले श्रेष्ठले वैशाख ४ गते दिएको राजीनामा स्वीकृत गरेको हो।

श्रेष्ठले एक व्यक्ति दुई पदमा रहन नहुने भन्दै राजीनामा दिएकी थिइन्। प्रतिनिधिसभा सांसद समेत रहेकी श्रेष्ठले आफू सांसदका रूपमा मात्र काम गर्न चाहेको र पार्टीको अभियान (मुभमेन्ट) अन्य नेताहरूले सम्हालून् भन्ने चाहना व्यक्त गरेकी थिइन्।

श्रेष्ठले सार्वजनिक नीति निर्माणमा आफ्नो ध्यान केन्द्रित गर्ने उद्देश्यले सहमहामन्त्री पद छोडेको बताएकी छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!