E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार
गुल्मीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर १७ वर्षीय किशोरको ज्यान गयो

गुल्मी – गुल्मी जिल्लाको मुसिकोट नगरपालिका–६ भुवाचिदीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर एक किशोरको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार मृत्यु हुनेमा १७ वर्षीय ग्रीष्म शर्मा रहेका छन्। प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी गंगाबहादुर सारुले जानकारी दिनुहुँदै शर्माको हिजो दिउँसो तीन जना साथीहरूसँग मिलेर छल्दी खोलामा पौडी खेल्न गएका बेला डुबेर ज्यान गएको बताए।
शर्मालाई डुबेको थाहा पाउनेबित्तिकै उद्धार प्रयास गरिए पनि जीवनरक्षा गर्न नसकिएको जनाइएको छ। घटनाको विस्तृत विवरण अझै संकलन भइरहेको प्रहरीले जनाएको छ।