गगन थापा भन्छन्: सबै ठाउँमा सत्ता हुँदासमेत कांग्रेस खुसी छैन यो चिन्ताको विषय हो

काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीभित्र उकुसमुकुस, गुनासो, असन्तुष्टि र छटपटाहट देखिएको टिप्पणी गरेका छन्। काठमाडौंमा आयोजित बीपी कोइरालाको जीवनकथामा आधारित पुस्तक ‘सान्दाजु’ को लोकार्पण कार्यक्रममा बोल्दै थापाले पार्टीभित्रको अहिलेको अवस्था चिन्ताजनक भए पनि यसैमा अवसर पनि देख्नुपर्ने बताए।
महामन्त्री थापाले भने नेपाली कांग्रेस पार्टीभित्र अहिले एउटा खालको उकुसमुकुस छ, गुनासो छ, असन्तुष्टि छ, एउटा छटपटाहट देखिन्छ। तर एउटा अवसर पनि छ भनेर म भनिरहेको छु।
उनले पछिल्ला घटनाले पार्टी र नेतृत्वलाई गम्भीर रूपमा सोच्न बाध्य बनाएको उल्लेख गर्दै भने, “हामी चुनाव जितेका छौं, देशको ठूलो पार्टी हौं, सबैतिर सरकारमा छौं। प्रधानमन्त्री हाम्रो बनिन लागेको प्रधानमन्त्री पनि हाम्रो गभर्नर हाम्रो तर यस्तो अवस्थामा पनि कांग्रेस खुसी छैन। त्यसले देखाउँछ– हामीले खोजेको त्यो मात्र होइन रहेछ।
थापाले पार्टीले अब गहिरो आत्ममूल्यांकन गर्दै असन्तुष्टि र छटपटाहटको जरो खोज्नुपर्ने र त्यसबाट सुधारको अवसर लिनुपर्नेमा जोड दिए।