E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

नागढुङ्गा–नौबिसे सडकखण्ड जेठ १० देखि २५ गतेसम्म दिउँसो साढे ४ घण्टा बन्द हुने

काठमाडौं – नागढुङ्गा–नौबिसे सडकखण्डको निर्माण कार्यलाई तीव्रता दिन जेठ १० गतेदेखि २५ गतेसम्म प्रत्येक दिन दिउँसो ४ घण्टा ३० मिनेट सडक बन्द गरिने भएको छ।

यसअघि वैशाख २२ देखि ३१ गतेसम्म रातिको समयमा मात्र यातायात रोकिएकोमा अब बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म दैनिकरूपमा सडक बन्द गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिएका छन्। उनले नागढुङ्गा–नौबिसे सडक निर्माण आयोजनाको प्रस्तावका आधारमा धादिङ प्रशासनसँग समन्वय गरी यो निर्णय गरिएको बताए।

सडकखण्डमा मोड सुधार, फराकिलो बनाउने र कालोपत्रे गर्ने कार्य भइरहेकाले रातिको समयमा मात्र हुने भत्काउने कार्यपछि दिनको समयमा प्राविधिक निर्माण कार्य आवश्यक भएकाले सडक बन्द गर्न लागिएको हो।

यात्रु तथा सवारी साधनहरूलाई वैकल्पिक मार्गको रूपमा धार्के–सितापाइला तथा टोखा–छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न स्थानीय प्रशासनले अनुरोध गरेको छ।

सडक बन्दको समयलाई मध्यनजर गर्दै यात्रुहरूलाई यात्राको योजना बनाउन प्रशासनले आग्रहसमेत गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!