E-Paperदेशराजनीतिशीर्ष समाचारस्थानीय समाचार

पूर्वराष्ट्रपति भण्डारी चीनतर्फ दुई कार्यक्रममा प्रमुख अतिथि हुने

काठमाण्डौं — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शनिबार राति उत्तरी छिमेकी मुलुक चीन प्रस्थान गर्दैछिन्। एयर चाइनाको उडान नम्बर सीजेड ३०६८ मार्फत ग्वाङ्झाओ हुँदै उनले राजधानी बेइजिङ यात्रा गर्ने कार्यक्रम छ।

पूर्वराष्ट्रपति भण्डारी आइतबार बिहान ११ः५ बजे बेइजिङ पुग्नेछिन्। चीनमा उनले दुईवटा महत्वपूर्ण कार्यक्रममा प्रमुख अतिथिको हैसियतमा सम्बोधन गर्नेछिन्।

पहिलो कार्यक्रम सोमवार चीनका छिमेकी राष्ट्रका राजनीतिक दलका प्रतिनिधिहरूबीचको संवाद हो भने दोस्रो कार्यक्रम शुक्रबार नागरिकस्तरको अनुभव आदानप्रदान र पारस्परिक सिकाइसम्बन्धी चौथो संवाद कार्यक्रम हुनेछ।

भ्रमणका क्रममा भण्डारीले चिनियाँ कम्युनिस्ट पार्टी तथा चीन सरकारका उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम समेत तय भएको छ।

उनको टोलीमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, नेकपा एमालेका विदेश विभाग प्रमुख रघुवीर महासेठ, स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, केन्द्रिय सल्लाहकार गोमा देवकोटा, प्रतिनिधिसभा सदस्य देवीप्रकाश भट्ट लगायत १४ जना सहभागी छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!