E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार
फोर्स गाडी दुर्घटनामा दाङका ओलीको मृत्यु तीनको उपचार जारी

रूकुम पश्चिम — रूकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० अमलटाकुरामा फोर्स गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
दाङमा बसोबास गर्दै आएका ५० वर्षीय नरबहादुर ओलीको घटनास्थलमै मृत्यु भएको रूकुम प्रहरीले जनाएको छ। लुम्बिनी प्रदेश ०२–००१ च ०१७७ नम्बरको गाडी सिम्ली–तिमिले सडकखण्डमा करिब पाँच सय मिटर तल खसेको हो।
दुर्घटनाग्रस्त गाडीमा चालकसहित चार जना सवार थिए। घाइते तीन जनाको चौरजहारीस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको स्वास्थ्य अवस्था गम्भीर नभएको अस्पताल स्रोतले जनाएको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।