E-Paperदेशराजनीतिशीर्ष समाचारस्थानीय समाचार

गृहमन्त्रीमाथि उठेको विवादका बीच कांग्रेस पदाधिकारी बैठक जारी

काठमाडौं — नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी रहेको छ। गृहमन्त्री रमेश लेखकको सचिवालय भिजिट भिसा प्रकरणमा मुछिएपछि उत्पन्न विवादका बीच कांग्रेसले बैठक आह्वान गरेको हो।

गृहमन्त्रीमाथि नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग कांग्रेसभित्रै उठेको छ। केही नेताहरूले लेखकले तुरुन्तै राजीनामा दिएर निष्पक्ष छानबिनका लागि मार्ग खुला गर्नुपर्ने सुझाव दिएका छन्। तर, अर्कोतर्फ केही नेताहरू लेखकले राजीनामा दिनु नपर्ने पक्षमा देखिएका छन्।

बैठकमा पार्टीका अन्य आन्तरिक विषयहरू पनि समावेश छन्। कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार क्रियाशील सदस्यताको विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन्।

महामन्त्री गगन थापाले पनि क्रियाशील सदस्यता नवीकरणको अवस्थाबारे जानकारी गराउन बैठक बोलाइएको स्पष्ट पारे। थापा सदस्यता व्यवस्थापन समिति संयोजक पनि हुन्।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, भिजिट भिसा प्रकरण र पार्टीको संगठनात्मक तयारीका विषयमा विस्तृत छलफल हुने बताइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!