E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

जनकपुर रंगशाला रोकिए आन्दोलन गर्छौं : सांसद झा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनीष झाले जनकपुरमा प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणमा अवरोध सिर्जना भए आन्दोलन गर्ने चेतावनी दिएका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा शून्य समयमा बोल्दै उनले जनकपुरमा लक्ष्मण कुटीको नाममा रहेको १७ विघा जमिनमा साढे २ अर्ब रुपैयाँ लागतमा रंगशाला निर्माणका लागि डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) समेत तयार भइसकेको जानकारी गराए।

तर परियोजना अगाडि बढाउन ढिलाइ भइरहेको भन्दै उनले निर्माणमा जानीजानी अवरोध सिर्जना गरिँदै आएको आरोप लगाए। खेलकुद परिषद्ले गुठी संस्थानलाई पहिला वार्षिक ९ लाख रुपैयाँ भाडा तिर्दै आएको भए पनि हाल कुनै प्रलोभनका कारण भाडा दर एक्कासी ४९ लाख ६० हजार पुर्‍याइएकोप्रति उनले आपत्ति जनाए।

जनकपुरका युवाहरूको सपना हो यो रंगशाला सांसद झाले भने यदि निर्माणमा अवरोध गरियो भने हामी आन्दोलनमा जान बाध्य हुनेछौं।

उनको भनाइअनुसार रंगशाला जनकपुरको सामाजिक र खेलकुद विकासको प्रमुख आधार बन्नेछ र यसप्रति राज्य गम्भीर नभए आन्दोलन अपरिहार्य हुने छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!