E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार
आजै तीन पटक भूकम्पको धक्का बझाङ र कास्की केन्द्रविन्दु

काठमाडौं – आज देशका विभिन्न भागमा एकैदिन तीनपटक भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बझाङ र कास्की जिल्लामा फरक–फरक समयमा तीन वटा भूकम्प गएका हुन्।
बुधबार साँझ ६ बजेर २७ मिनेट जाँदा बझाङको मासदेव क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जानकारी दिएको छ।
यसअघि बिहान ११ बजेर ५६ मिनेट जाँदा कास्कीको फूलिबाङ आसपास ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि दिउँसो १२ बजेर ५० मिनेटमा पुनः कास्कीको अन्नपूर्ण क्षेत्रलाई केन्द्र बनाएर ४.१ म्याग्निच्युडको अर्को भूकम्प गएको हो।
तीनवटै भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको भए पनि हालसम्म जनधनको क्षतिको विवरण आएको छैन।