खेलदेशशीर्ष समाचार

नेपालअगाडि थाइल्याण्डको १५९ रनको विशाल लक्ष्य

आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर ३ अन्तर्गत थाइल्याण्डसँगको महत्त्वपूर्ण खेलमा नेपालले जितका लागि १५९ रनको चुनौती पाएको छ। दुबैले ग्लोबल छनोटमा स्थान पक्का गरिसकेका छन्, तर आजको भिडन्त एसिया छनोटको उपाधिका लागि निर्णायक बन्न गएको हो।

थाइल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा २ विकेटको क्षतिमा १५८ रनको बलियो योगफल तयार गर्‍यो। ओपनर नानपत कोन्चारोन्काइले २८ बलमा अविजित ५० रनको आक्रामक अर्धशतक प्रहार गरिन्। यस्तै अर्की ओपनर नताया बूचाथामले पनि ५० रन जोडिन्। अफिसरा सुवानचोनराथीले थप २९ रनको योगदान दिइन्।

नेपालका लागि मनिषा उपाध्याय र राजमती ऐरीले समान १–१ विकेट लिइन्।

नेपालले सोमबार यूएईलाई पराजित गर्दै पहिलोपटक एसिया छनोट पार गरेर ग्लोबल छनोटमा स्थान बनाएको हो। यता, थाइल्याण्डले आइतबार यूएईमाथि जित निकाल्दै ग्लोबल छनोटमा पुग्ने यात्रा तय गरिसकेको थियो।

थाइल्याण्ड प्रतियोगितामा अहिलेसम्म अपराजित छ। समूह चरणमा दुई खेल जितेको थाइल्याण्डका दुई खेल वर्षाका कारण रद्द भएका थिए। सुपर थ्रीमा थाइल्याण्डले यूएईलाई हराएको थियो।

नेपालले अहिलेसम्म महिला टी–२० अन्तर्राष्ट्रिय खेलमा थाइल्याण्डलाई हराउन सकेको छैन। आजको खेल त्यसैले नेपालको लागि ऐतिहासिक जितको अवसर पनि हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!