E-Paperदेशराजनीतिशीर्ष समाचार

सांसद डाँगीले संसदमा चार एजेन्डा प्रस्तुत : स्थिर सरकार र सुशासनको माग

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले जेनजी पुस्ताको प्रतिनिधित्व गर्दै संसद्मा चार प्रमुख एजेन्डा प्रस्तुत गरेकी छन्। मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै डाँगीले पहिलो एजेन्डा स्थिर सरकार रहेको बताउँदै, युवाहरूको भविष्य सुनिश्चित गर्न राजनीतिक स्थायित्व अनिवार्य भएको धारणा राखिन्। दोस्रो एजेन्डामा उनले “हजुरबुबाका नेताबाट अब आशा छैन” भन्दै पुराना नेताहरूप्रति असन्तुष्टि व्यक्त गरिन्।

तेस्रो एजेन्डामा डाँगीले रोजगारी र गुणस्तरीय शिक्षाको माग गरिन्। चौथो र अन्तिम एजेन्डामा भने उनले सुशासनको आवश्यकता औंल्याउँदै भ्रष्टाचाररहित प्रणाली स्थापना गर्न सरकारको ध्यानाकर्षण गराइन्। उनको सम्बोधनले युवाहरूको आवाज संसदसम्म पुर्‍याएको भन्दै सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया आउन थालेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!