E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

मनहरीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

मनहरी – पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–८ मा ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।

हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना५ख ७७१२ नम्बरको ट्रकले राक्सिराङ गाउँपालिका–९ का ७० वर्षीय गङ्गाबहादुर स्याङतानलाई ठक्कर दिएको हो। बाटो काट्ने क्रममा आज बिहान उक्त ट्रकले ठक्कर दिँदा घटनास्थलमै स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए।

प्रहरीका अनुसार दुर्घटनामा संलग्न ट्रक र चालकलाई नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!