E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

पश्चिम नवलपरासीमा पोखरीमा डुबेर दाजुभाइको दुःखद मृत्यु

पश्चिम नवलपरासीको सुनवल नगरपालिका–६ पुलटोलमा रहेको पोखरीमा डुबेर दुई दाजुभाइको ज्यान गएको छ। इलाका प्रहरी कार्यालय सुनवलका अनुसार विष्णु कुँवरका १० वर्षीय छोरा विप्सन कुँवर र ८ वर्षीय छोरा दिप्सन कुँवरको डुबेर मृत्यु भएको हो।

शुक्रबार साँझ एक बालक पोखरीमा डुबेको जानकारी आएपछि स्थानीय र प्रहरी टोली खोजीमा खटिएका थिए। खोजीको क्रममा दुवै बालकको शव पोखरीमै तैरिएको अवस्थामा फेला परेको इन्स्पेक्टर सन्तोष पौडेलले जानकारी दिए।

मृतक बालकहरू स्थानीय जनसेवा माध्यमिक विद्यालयमा क्रमशः कक्षा ४ र कक्षा २ मा अध्ययनरत थिए। उनीहरू पौडी खेल्न गएका बेला डुबेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

यो घटनाले स्थानीयवासीलाई मर्माहत बनाएको छ। सुरक्षा उपायको अभाव र बालबालिकाको निगरानीको कमीले यस्तो दुखद घटना भएको भन्दै स्थानीयले पोखरी वरपरको सुरक्षामा ध्यान दिन आग्रह गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!