E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

ठगी मुद्दामा थुनामा रहेका थुनुवाको कोशी अस्पतालमा मृत्यु

मोरङ — जिल्ला कारागार मोरङमा पुर्पक्षका लागि थुनामा रहेका एक थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ।

रामेछाप जिल्लाको दोरम्बा–सैलुङ गाउँपालिका–२ निवासी ५४ वर्षीय प्रवीण तामाङको विराटनगरस्थित कोशी अस्पतालमा आइतबार बिहान मृत्यु भएको हो।

कारागारका जेलर गौरव ढुंगेलका अनुसार ठगी मुद्दामा थुनामा रहेका तामाङलाई श्वासप्रश्वासमा समस्या देखिएपछि शनिबार साँझ अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा आइतबार बिहान ४ बजे उनको ज्यान गएको ढुंगेलले जानकारी दिए।

तामाङको शव पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!