E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार
ओखलढुंगाको रावामा करेन्ट लागेर एक मजदुरको मृत्यु

ओखलढुंगा – ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका–८ स्थित रावा गाउँमा करेन्ट लागेर एक मजदुरको ज्यान गएको छ। केन्द्रीय विद्युत प्रसारण लाइनको परीक्षण गर्ने क्रममा ट्रान्सफर्मरमा चढेका एक मजदुरको आज बिहान मृत्यु भएको हो।
खिजीदेम्बा–८ का वडासदस्य स्वयम् बहादुर बस्नेतका अनुसार बिहान १० बजेर ११ मिनेट जाँदा ट्रान्सफर्मरमा चढेका ३० वर्षीय बिन्दु चौधरीलाई करेन्ट लागेको थियो। करेन्ट लागेपछि घटनास्थलमै चौधरीको ज्यान गएको हो।
मृतक चौधरी कैलाली जिल्लाको हुसिलिया क्षेत्रका बासिन्दा रहेको वडासदस्य बस्नेतले जानकारी दिनुभयो।
विद्युत प्रसारण लाइन परीक्षणका क्रममा सुरक्षाका उपाय नअपनाउँदा घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।