E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

हेलम्बु राजमार्गमा ट्रिपर दुर्घटना चालकको घटनास्थलमै मृत्यु

काभ्रे — काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–७ स्थित हेलम्बु राजमार्गमा आज बिहान ट्रिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार इन्द्रावती खोलाबाट बालुवा लिएर पाँचखालतर्फ जाँदै गरेको बा ४ ख ३३६३ नम्बरको ट्रिपर उकालोमा ब्याक भएर करिब १०० मिटर तल खसेको हो। उक्त दुर्घटनामा नुवाकोट सूर्यगढी गाउँपालिका–७ का ४७ वर्षीय चालक लवकुश अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

यसअघि, चैत ३१ गते मण्डनदेउपुर–२ ठकुरीगाउँस्थित निर्माणाधीन होटलको कम्पाउण्डमा बालुवा अनलोड गर्ने क्रममा ट्रिपर दुर्घटनामा अर्का चालक ३१ वर्षीय विनोद घोरासैनीको पनि ज्यान गएको थियो।

दुई महिनाको अन्तरालमै सोही नगरपालिकाभित्र दुई ट्रिपर दुर्घटनामा दुई चालकको ज्यान जानुले स्थानीय स्तरमा निर्माण कार्यसँगै सुरक्षित यातायातप्रतिको चिन्ता बढेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!