E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

मोरङको ग्रामथानमा ट्याक्टर दुर्घटना चालकको मृत्यु

मोरङ — मोरङ जिल्लाको ग्रामथान गाउँपालिका–२ बतराहीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शनिबार साँझ आरएमसी इँटा उद्योगबाट इँटा बोकेर गइरहेको को १ त ७४२५ नम्बरको ट्याक्टर खेतमा दुर्घटनामा परेको थियो। दुर्घटनामा परेर कटहरी गाउँपालिका–५ निवासी २० वर्षीय चालक राहुल सरदारको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार खेतमा फसेको ट्याक्टरलाई सोही उद्योगको ३७०१ नम्बरको जेसीबीले पछाडिबाट धकेल्दा दुर्घटना भएको हो। जेसीबीले धकेल्ने क्रममा ट्याक्टरको अगाडिको इन्जिन भाग माथि उचालिएर इँटा लोड गरिएको डालीमा ठोक्किँदा चालक गम्भीर घाइते भएका थिए।

घाइते सरदारलाई तत्काल उपचारका लागि कोशी अस्पताल विराटनगर ल्याइएको थियो। तर, अस्पताल ल्याइएलगत्तै चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए। प्रहरीले प्रारम्भिक अनुसन्धानमा दुवै सवारी चालकको लापरवाहीका कारण दुर्घटना भएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!