E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

लामेआहालमा माइक्रोबस दुर्घटना ३ जनाको मृत्यु

पोखरा – पृथ्वी राजमार्ग अन्तर्गत पोखरा-३२ स्थित लामेआहालमा आज बिहान एक इलेक्ट्रिक माइक्रोबस दुर्घटनामा पर्दा ३ जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन्।

काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको ग१ज ८६३० नम्बरको माइक्रोबस सडकको पेटीमा गएर पल्टिएको हो। जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक शोभा पाण्डेका अनुसार दुर्घटनामा चालकसहित ८ जना घाइते भएका थिए। घाइतेमध्ये ४ जनालाई तत्कालै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याइएको थियो जहाँ उपचारको क्रममा ३ जनाले ज्यान गुमाएका छन्।

बाँकी घाइतेहरूलाई पोखरा विश्वविद्यालय टिचिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। प्रहरीले थप अनुसन्धान थालेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!