E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार
ब्रह्मदेवमा ट्याक्टरबाट खसेर सेवा निवृत्त हवलदारको मृत्यु

कञ्चनपुर – कञ्चनपुरमा मलामी जाँदै गरेका एक सेवा निवृत्त सशस्त्र प्रहरी हवलदारको सडक दुर्घटनामा परेर मृत्यु भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–८ तिलाचौरका ४२ वर्षीय नकुल राना छिमेकी गुरुङ समुदायकी महिलाको मलामीमा सहभागी हुन जाँदै गर्दा दुर्घटनामा परेका हुन्।
प्रहरीका अनुसार राना भीमदत्त नगरपालिका–९ स्थित ब्रह्मदेव क्षेत्रमा म १ त ९२५ नम्बरको ट्याक्टरबाट खसेर घाइते भएका थिए। घाइते अवस्थामै उनलाई तत्काल उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको थियो। तर, उपचारको क्रममा अस्पतालमै उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
राना सेवा निवृत्त सशस्त्र प्रहरी हवलदार हुन्। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।