E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार
कपिलवस्तुमा मर्निङ वाकमा हिँडेका दुई महिलाको कारको ठक्करबाट मृत्यु

कपिलवस्तु — मर्निङ वाकमा हिँडेका दुई महिलाको कारको ठक्करबाट ज्यान गएको छ। पत्थरकोट–गोरुसिङ्गे सडक खण्डअन्तर्गत वसन्तपुरमा पत्थरकोटबाट गोरुसिङ्गेतर्फ जाँदै गरेको बा.ए.बी ९५९९ नम्बरको कारले पैदल हिँडिरहेका ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझीलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिएका छन्।
गम्भीर घाइते दुवैलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। दुर्घटनापछि कार चालक रुपन्देही, सैनामैना नगरपालिका–५ निवासी ३२ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।