E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

ग्यास लिक भएर आगलागी रूपन्देहीमा दाजुबहिनीको मृत्यु

रूपन्देही — रूपन्देहीको शुद्धोधन गाउँपालिका–५ जयनगरमा ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा दाजुबहिनीको ज्यान गएको छ।

आइतबार साँझ ग्यासको रेगुलेटर लिक भई आगलागी हुँदा २५ वर्षीय शिवकुमार यादव र उनकी १८ वर्षीया बहिनी सोनम जलेर गम्भीर घाइते भएका थिए।

घटनापछि दुबै जनालाई तत्काल उपचारका लागि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा लगिएको थियो। अस्पतालमा सोनमलाई मृत घोषित गरिएको हो भने शिवकुमारको भारतको गोरखपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुवै जनाको शव पोष्टमार्टमका लागि भीम अस्पताल भैरहवामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!