E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार
जनकपुरधाममा दुई साँढेबीचको जुधाइमा परेर स्कुटर चालकको मृत्यु

जनकपुरधाम — जनकपुरधाम उपमहानगरपालिका–७ का ५० वर्षीय सत्तार राईनको साँढेको जुधाइमा परेर ज्यान गएको छ।
राईन मधेश प्रदेश ०२–००७ प ९२६६ नम्बरको स्कुटर चढेर जनकपुरधाम–६ पेठियाबजारबाट प्रादेशिक अस्पतालतर्फ जाँदै गर्दा राति साढे ८ बजेतिर सडकमा जुधिरहेका दुई साँढेबीच पर्न गए।
साँढेसँग ठोक्किँदा गम्भीर घाइते भएका उनलाई तत्काल नजिकैको जानकी हेल्थ केयरमा लगिएको थियो। तर, उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको धनुषा प्रहरीका प्रवक्ता डीएसपी बरुण बहादुर सिंहले जानकारी दिए।