E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

वसुन्धरामा स्कुटर दुर्घटनामा किशोरीको मृत्यु

काठमाडौं — काठमाडौंको वसुन्धरामा स्कुटरको ठक्करबाट एक किशोरीको ज्यान गएको छ भने एक जना पैदलयात्री गम्भीर घाइते भएका छन्।

महानगरपालिका–३ वसुन्धरा सडकखण्डमा म प्र ०२–०३४ प ६२५७ नम्बरको स्कुटरले पैदलयात्रुलाई ठक्कर दिएको थियो। उक्त स्कुटरमा सवार महोत्तरीकी १८ वर्षीया मनीषा परियारको दुर्घटनामा गम्भीर घाइते भएपछि उपचारका क्रममा ग्रिनसिटी अस्पतालमा निधन भएको हो। उनी हाल काठमाडौंको चावहिलमा बस्दै आएकी थिइन्।

दुर्घटनामा गम्भीर घाइते भएका पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। घटनापछि स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालेको जनाइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!