E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

कैलाली — कैलालीको घोडाघोडी नगरपालिका–३ निम्दीमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ। सोमबार साँझ पौने ८ बजे भजनी–सुखड सडकखण्डमा सुपप्र ०१–००९ प ८४५२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ५५ वर्षीय मानबहादुर चौधरीको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी राजकुमार सिंहका अनुसार गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा घोडाघोडी अस्पताल, सुखडमा पौने ९ बजे मृत्यु भएको हो।

मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–७ का २५ वर्षीय भरतबहादुर बम घाइते छन् भने पछाडि सवार २४ वर्षीय लक्ष्मणबहादुर सिमला प्रहरीको नियन्त्रणमा छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!