E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

पर्सामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

पर्साको पटेर्वासुगौली गाउँपालिका–१ स्थित रामभौरी नजिकको सितलपुर जङ्गलमा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ।

मकवानपुरको मनहरी गाउँपालिका–२ का ६१ वर्षीय श्यामबहादुर भुलनको हात्तीको आक्रमणबाट मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी किशोर लम्सालका अनुसार मृतक भुलनसहित भक्तबहादुर आले र श्रवण भुलन गत जेठ ९ गते कुरीलो खन्न गएका थिए। सो क्रममा जङ्गलमा अचानक जङ्गली हात्तीले आक्रमण गरेको थियो।

अन्य दुई जना भने भागेर ज्यान जोगाउन सफल भएको बताइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!