E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

धादिङमा करेन्ट लागेर एक पुरुषको मृत्यु

धादिङको गल्छी गाउँपालिका–५ रैलेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय चन्द्रबहादुर तामाङ रहेका छन्। आफ्नै घरको पिँढीमा जडान गरिएको गहुँ, मकै, कोदो पिस्ने मिलमा कोदो पिस्ने क्रममा अचानक मेसिनमा सट भई तामाङलाई करेन्ट लागेको हो।

घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

मुचुल्का तयारपछि तामाङको शव पोस्टमार्टमका लागि गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!