बसन्त जैसी अध्यक्ष चयन, मदन भण्डारी फाउण्डेसन लम्कीचुहामा नयाँ नेतृत्व

कैलालि – मदन भण्डारी फाउण्डेसन, लम्कीचुहा नगर कमिटीको नयाँ नेतृत्व चयन भएको छ। शनिबार लम्कीचुहा–८ मा सम्पन्न भेलाले बुद्धिमान जैसी (बसन्त) लाई अध्यक्षको जिम्मेवारी सुम्पेको छ। नेकपा एमालेका स्वर्गीय नेता मदन भण्डारीको विचार र योगदानलाई नयाँ पुस्तामा सशक्त रूपमा प्रसार गर्ने उद्देश्यसहित १३ सदस्यीय समिति गठन गरिएको हो।
भेलामा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा लम्कीचुहा इन्चार्ज राम बहादुर बोगटी, जिल्ला सदस्य भद्र भण्डारी, लम्की बहुमुखी क्याम्पस अध्यक्ष कर्ण बहादुर रावल, नेपाल बुद्धिजीवी परिषद् सुदूरपश्चिम प्रदेश कमिटी सदस्य लिलाजंग शाही, फाउण्डेसनका जिल्ला सचिव मिन बहादुर रावल लगायतका नेताहरूको उपस्थिति थियो।
नयाँ समितिको उपाध्यक्षमा टेक बहादुर रावल, सचिवमा दिनेश बोहरा र कोषाध्यक्षमा देविसरा भण्डारी चयन भएका छन्। साथै, समितिमा दुर्गा जैसी, दीपिका बिष्ट, राजेश महतरा, बलिराम चौलागाईं, गोपी बहादुर रावल, प्रेम जोशी, नर बहादुर विक, सिता विक र कल्पना सोडारी रहेका छन्।
नयाँ नेतृत्वले मदन भण्डारीको आदर्शलाई समाजमा अझ प्रभावकारी रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।