E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार
घोडाघोडी नगरपालिकामा परीक्षा स्थगित अर्को सूचना नआउन्जेल परीक्षा सञ्चालन नहुने

कैलालीको घोडाघोडी नगरपालिकामा नगरपालिका अन्तर्गतका विभिन्न विद्यालयका लागि खुलिएको विज्ञापनको लिखित परीक्षा स्थगित गरेको छ।
आज एक सूचना निकालेर परीक्षा स्थगित गरेको होl यस अघि मिति २०८२ २महिना १० गतेदेखि १२ गतेसम्म सञ्चालन हुने भनिएको लिखित परीक्षा आज एक सूचना निकालेर अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरेको हो। केही विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूले नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरेका कारण परीक्षा स्थगित गरेको हो।
नगरका शिक्षा शाखा अधिकृत शिवसिंह भण्डारीको हस्ताक्षर भएको सूचनामा भनिएको छ अहिलेको लागि परीक्षा स्थगित गरिएको छ अर्को सूचना नआउन्जेलसम्म परीक्षा सञ्चालन हुनेछैन ।