E-Paperअपराधदेशशीर्ष समाचारस्थानीय समाचार

सूचीकृत नभएका औषधि ओसारपसारमा संलग्न युवक नियन्त्रणमा

काठमाडौं – नेपाल औषधि व्यवस्थापन विभागमा सूचीकृत नभएको तथा बिलबिनाका औषधिसहित एक व्यक्ति पक्राउ परेका छन्।

बुधबार राति ११ः३० बजे दक्षिणकाली नगरपालिका–५ फर्पिङ चेकपोष्टमा चेकजाँचका क्रममा वीरगञ्जबाट काठमाडौं आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०६३८ नम्बरको टाटा सुमोमा लुकाएर ल्याइएका औषधिहरू फेला परेका हुन्।

प्रहरीका अनुसार ओदारपसी गाउँपालिका–५, जगनाथपुरका ३२ वर्षीय मुनिश दासलाई नियन्त्रणमा लिइएको छ। उनका साथबाट फेला परेका औषधिहरूमा सिल्डेनाफिल ट्याब्लेट आईपी १०० एमजी (३,५०८ ट्याब्लेट), पेन्टोप–४० (५,००० ट्याब्लेट), सिल्डेनाफिल साइट्रेट एण्ड डापोक्सेटिन (२,२२८ ट्याब्लेट), मिफेप्रिस्टोन एण्ड मिसोप्रोस्टोल क्लियर किट (४०० ट्याब्लेट), र प्रेग्नट किट (९,२५० ट्याब्लेट) छन्।

प्रहरीले आवश्यक कारबाहीका लागि दासलाई औषधि व्यवस्था विभाग, बबरमहल काठमाडौं पठाएको जनाएको छ।

घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले अनुसन्धान जारी रहेको जानकारी दिएका छन्। तर, औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले भने घटनाबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!