E-Paperदेशधर्मशीर्ष समाचारस्थानीय समाचार

देहिमाण्डौंको निङ्गलासैनी शक्ति र ऐतिहासिकता ओझेलमा

बैतडी – बैतडी जिल्लाको देहिमाण्डौंस्थित निङ्गलासैनी मन्दिरलाई सात बैनी दुर्गा मध्येको जेठी देवीका रूपमा चिनिन्छ। शक्ति र ऐतिहासिक महत्वका हिसाबले सर्वोच्च स्थानमा रहे पनि प्रचार-प्रसारको अभावले यो पवित्र स्थल आज ओझेलमा परेको छ।

देवभूमि बैतडीको स्वोराड र निङ्गलासैनी क्षेत्र जहाँ हजारौं वर्ष पुरानो धार्मिक परम्परा र सांस्कृतिक गर्भ बोकेको शक्ति पिठ रहेको छ अहिले विकासको दृष्टिमा उपेक्षित छ। ‘निङ्गलासैनी माता’ नामले परिचित यो स्थललाई हिन्दु परम्परामा गहिरो स्थान छ। तथापि यहाँका राजनीतिक नेतृत्व, सरकारी ध्यान र सञ्चार माध्यमको बेवास्ताले गर्दा यो स्थल उचित स्थानमा पुग्न सकेको छैन।

इतिहासकारहरुका अनुसार राणा शासनदेखि पञ्चायत र गणतन्त्रसम्मको कालखण्डमा समेत देहिमाण्डौं र गुरुखोलालाई शक्तिको बास स्थल मानेर अन्यत्र विकास केन्द्रित गरिएको देखिन्छ। पुराना बुढापाकाहरु बताउँछन्– पाँच सयको भूमिमा माता बसेको ठाउँमा अहिलेको नेतृत्वले विकासको नाममा झुटा आश्वासन बाहेक केही दिएको छैन।

अत्यन्तै मार्मिक ढंगमा अठौती मल्लको गाथाले त्यस क्षेत्रको ऐतिहासिक र सांस्कृतिक महत्त्वलाई जीवन्त बनाएको छ। ठाडो खेलमार्फत गाइने गाथा अनुसार, अठौती मल्लले विभिन्न शक्तिशाली देवीस्थानहरुमा भ्रमण गर्दै अन्ततः निङ्गलासैनी माता समक्ष समर्पण गरेका थिए। सो गाथाले बैतडीको नाङ्लो भर्नेसम्मको गौरव झल्काउँछ।

स्थानीयहरू भन्छन् निङ्गलासैनीको दर्शन नगरी ग्वालेक र थलको यात्रा अधुरो हुन्छ। तर सरकार र नेताहरूको ध्यान यहाँसम्म पुगेको छैन।

धार्मिक पर्यटन र सांस्कृतिक उत्थानको लागि यो क्षेत्रको प्रवर्द्धन अपरिहार्य भएको स्थानीय नागरिकहरुको माग छ। उनीहरू भन्छन् धार्मिक स्थलमा अन्याय हुनु भनेको राष्ट्रकै अपमान हो।

अन्त्यमा उनीहरूको चेतावनी स्पष्ट छ जसले माताको भूमि बिर्सन्छ उसको अन्त्य पनि निश्चित हुन्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!