E-Paperअपराधदेशशीर्ष समाचारस्थानीय समाचार

पर्सामा युवाको अपहरण नाबालकसहित चार जना पक्राउ

पर्सा — पर्सामा एक युवाको अपहरण भएको घटनामा नाबालकसहित चार जना पक्राउ परेका छन्। बारा कलैया उपमहानगरपालिका–१८ का २६ वर्षीय सुधीरप्रसाद साहलाई अपहरण गरी बन्धक बनाएर फिरौती रकम मागिएको खुलेको छ।

मंगलबार जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१२ मुर्लीस्थित एक घरमा सुधीरलाई सकुशल उद्धार गरेको हो। सोही स्थानबाट प्रहरीले अपहरणमा संलग्न आरोपमा २३ वर्षीय रिकेश कुमार गुप्ता, २५ वर्षीय राजन गुप्ता, २४ वर्षीय सिकेन्द्र साह र एक नाबालकलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार अपहरणकारीहरूले सुधीरलाई बन्धक बनाई फिरौती रकमको माग गरेका थिए। पक्राउ परेका चारैजनामाथि जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद लिएर अपहरण वा शरीर बन्धकसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।

यस घटनाले पर्सा जिल्लामा बढ्दो आपराधिक गतिविधिप्रति चिन्ता थपिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!