E-Paperअपराधदेशशीर्ष समाचारस्थानीय समाचार
सर्लाहीको पर्साबाट हतियारसहित एक युवक पक्राउ

सर्लाही – सर्लाही जिल्ला पर्सा गाउँपालिका–२ स्थित रबि होटल नजिकै हतियारसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बिहान ५ः१५ बजे विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय नारायणपुरबाट प्रहरी निरीक्षक किशोरी यादवको कमाण्डमा खटिएको टोलीले दीपक साहलाई नियन्त्रणमा लिएको हो। उनी सोही ठाउँका राजदेव साहका २३ वर्षीय छोरा हुन्।
प्रहरीका अनुसार दीपक साह सानो कटुवा पेस्तोल १ थान र सो पेस्तोलमा प्रयोग हुने गोली १ थानसहित फेला परेका थिए। पक्राउ परेपछि उनलाई आवश्यक कारबाही तथा थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको छ।
घटना भएको स्थान प्रहरी चौकी नारायणपुरबाट करिब ३.५ किलोमिटर उत्तरपूर्वमा पर्ने जनाइएको छ।