E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

कैलालीमा खैरो हेरोइनसहित १८ वर्षीय युवक पक्राउ

टीकापुर – कैलालीको टीकापुर नगरपालिका–९ स्थित खक्रौला चेकपोष्टबाट प्रहरीले खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जानकी गाउँपालिका–९ खैरिफाँटाका १८ वर्षीय युवक रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनको साथबाट ५ ग्राम ३२० मिलिग्राम खैरो हेरोइन फेला परेको हो।

उक्त युवकलाई इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको जनाइएको छ।

प्रहरीले लागुऔषध नियन्त्रणका लागि चेकजाँचलाई थप कडाई गर्दै लैजाने जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!