E-Paperअपराधदेशशीर्ष समाचारस्थानीय समाचार

कैलालीमा लागूऔषधसहित दुई युवक पक्राउ

कैलाली — कैलालीको गोदावरी नगरपालिका–१ सब्जीमण्डीबाट खैरो हेरोइनसहित दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ का २२ वर्षीय रमेश नाथ र गोदावरी नगरपालिका–५ का २३ वर्षीय पवन नेपाली रहेका छन्।

इलाका प्रहरी कार्यालय मालाखेती र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त टोलीले गोदावरी–१ स्थित सब्जीमण्डी अगाडि रहेको रमेश नाथको कोठामा खानतलासी गर्दा ३ ग्राम ९० मिलिग्राम खैरो हेरोइन फेला पारी दुबै जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। लागूऔषध नियन्त्रण अभियान अन्तर्गत प्रहरीले निगरानी कडा बनाएको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!