E-Paperअपराधदेशशीर्ष समाचारस्थानीय समाचार

कैलालीमा लागूऔषध मुद्दामा फरार प्रतिवादी घरबाटै पक्राउ

कैलाली — लागूऔषध मुद्दामा अदालतबाट कैद सजाय पाएका फरार प्रतिवादी पक्राउ परेका छन्। टीकापुर नगरपालिका–३ कटानपुरका २१ वर्षीय बिक्रम ओडलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो।

जिल्ला अदालत कैलालीले सोमबार ओडलाई लागूऔषध सम्बन्धी मुद्दामा १ महिना कैद सजाय सुनाएको थियो। अदालतको फैसलापछि फरार रहेका ओडलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले उनको घरमै पुगेर पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका ओडलाई आवश्यक कानुनी कारवाहीका लागि अदालतमा पेश गरिने प्रहरीले जानकारी दिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!