E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

सिरहाको सीमाबाट चिनियाँ नागरिक पक्राउ

सिरहा – सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका–३ स्थित दसगजा क्षेत्रमा शंकास्पद गतिविधि गर्दै गरेको आशंकामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले एक जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा चिनियाँ नागरिक यू सिचाओ रहेका छन्। उनलाई दुई नेपाली नागरिकसँगै शुक्रबार दिउँसो नियन्त्रणमा लिइएको थियो। यद्यपि दुवै नेपालीलाई शुक्रबार राति नै रिहा गरिएको छ भने चिनियाँ नागरिक अझै एसएसबीको नियन्त्रणमै छन्

भारतीय सुरक्षाफौजले दिएको जानकारीअनुसार दसगजाको सीमाक्षेत्रमा उभिएर भारततर्फको फोटो खिचिरहेको अवस्थामा तीनै जनालाई नियन्त्रणमा लिइएको हो।
सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बरियारपट्टी स्रोतका अनुसार तीन जनालाई बरियारपट्टीकै जीवछ साहको घरछेउबाट नियन्त्रणमा लिइएको थियो।

जाँचका क्रममा चिनियाँ नागरिक यू सिचाओ तीन महिनाका लागि नेपाल आएको पुष्टि भएको छ। भारतीय पक्षले उनीमाथि शंकास्पद गतिविधि गरेको दाबी गर्दै थप अनुसन्धान गरिरहेको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!