E-Paperअपराधदेशशीर्ष समाचारस्थानीय समाचार
कञ्चनपुरमा बैंकिङ कसुरमा फरार प्रतिवादी घरबाटै पक्राउ

कञ्चनपुर – बैंकिङ कसुर मुद्दामा फरार रहेका कञ्चनपुरका एक प्रतिवादी पक्राउ परेका छन्। बेलौरी नगरपालिका–४ का ४८ वर्षीय सिद्धराज पाण्डेयलाई बिहीबार आफ्नै घरबाट पक्राउ गरिएको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले पाण्डेयलाई घरमै लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिएको हो।
जिल्ला अदालत कञ्चनपुरले बैंकिङ कसुरसम्बन्धी मुद्दामा दोषी ठहर गर्दै पाण्डेयलाई ७ दिन कैद र ७ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। अदालतको फैसला कार्यान्वयन गर्न नसकी फरार रहेका पाण्डेयलाई पक्राउ गरी आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।